२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झापाको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर

images

  • २०८० फागुन १३, आइतबार
  • 901
    SHARES
  • झापाको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैर कानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ। सार्वजनिक जग्गाका रूपमा दर्ता गर्नुपर्ने ३सय ९७ रोपनी १ आना १ पैसा ३ दाम जग्गा गैर कानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ। सो जग्गा व्यक्ति विशेषका नाममा घुसाइ न्यूनतम मूल्याङ्कन रु ३४ करोड ६६ लाख ५४ हजार आठ सय ४९ कायम हुन आउने देखिएको छ।

    सरकारी सार्वजनिक पद धारण गरेको नापी कार्यालय चन्द्रगढी झापाका कर्मचारी १०, मालपोत कार्यालय दमकका ११ कर्मचारी, नापी कार्यालय दमक झापाका सात, सरकारी जग्गा हालसाबिक गरी दर्ता गर्ने ३६ र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनका लागि १०८ जना गरी कूल १७२ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

    आयोगले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी प्रमुख स्व शशिकान्त झा र निजको श्रीमती अनारदेवी झाविरुद्ध रु ३० करोड २ लाख ७१ हजार नौ सय २६ बराबरको बिगो दाबी गरेको छ। सोही कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत  विष्णु कुमार न्यौपानेविरुद्ध रु २ लाख ३ हजार १ सय ५, प्रमुख नापी अधिकृत स्व संसारनाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेयविरुद्ध रु ६७ हजार ७ सय ७ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ