२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

म्यानचेस्टर सिटी र पिएसजीको जित

images

  • २०८० असोज ३, बुधबार
  • 801
    SHARES
  • म्यानचेस्टर सिटी र पिएसजीको जित

    असोज ३,काठमाडौं : सिटीले रेड स्टार बेलग्रेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो भने पिएसजीले बोरुसिया डर्टमन्डलाई २-० ले हराएको हो।

    पहिलो हाफमा १–० ले पछि परेको सिटीका लागि दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनी युवा खेलाडी अल्भारेजले बराबरी गोल फर्काएका थि‍ए। त्यसपछि ६० औं मिनेटमा अल्भारेजले नै व्यक्तिगत दोस्रो गोल गर्दै इंग्लिस टोलीलाई २–१ ले अघि बढाए भने ७३ औं मिनेटमा रोड्रीले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाएका थि‍ए।

    सोही समूह अन्तर्गत जर्मन क्लब आरबी लाइपजिगले योङ्ग ब्वाइजलाई ३-१ ले हराएर सुखद सुरुवात गरेको थियो। लाइपजिक समूहको शीर्ष स्थानमा रहदाँ सिटी दोस्रो स्थानमा छ । 

    यस्तै, समूह एफ अन्तर्गतको खेलमा पिएसजीको लागि किलियन एम्बाप्पे र अचराफ हाकिमीले गोल गरेका थिए। एम्बाप्पेले खेलको ४९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

    यस्तै, सोही समूहमा रहेका एसी मिलान र न्युक्यासल युनाइटेडले गएराति सम्पन्न खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ