२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

images

  • २०८० फागुन १०, बिहीबार
  • 1.2K
    SHARES
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशर जङ्ग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरूको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्नुभएको थियो। सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र  टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो।

    उहाँलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारी समेत लिनुभएको थियो। उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको थियो। 

    शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ। त्रिविमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति चयन गरिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ