२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आशिफ शेखद्वारा लगातार दोस्रो अर्धशतक प्रहार

images

  • २०८० फागुन ९, बुधबार
  • 876
    SHARES
  • आशिफ शेखद्वारा लगातार दोस्रो अर्धशतक प्रहार

    काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिवियाविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन्।शेखले ५५ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ५५ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरिरहेको नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

    आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो भने एकदिवसीय खेलमा आसिफले एक शतक पनि प्रहार गरेका छ्न।

    जारी खेलको १८ ओभर पूरा हुँदा नेपालले ३ विकेट गुमाएर ९४ रन बनाएको छ। यसअघि नेपालले कुशल भुर्तेलले १८ रन, अनिल र देव खनाललाई शून्य रनमै गुमाएर दबाबमा परेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ