काठमाडौँ : आइसिसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपाल नामिवियासँग खेल्दैछ। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नामिवियाबिचको खेल बिहान ९:३० बजेदेखि सुरु हुनेछ।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। हालसम्म नेपाल र नामिवियाबीच ७ ओडिआई खेल भएका छ जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो।
नेपालका लागि रोहित पौडेल तथा नामिवियाका लागि जेराल्ड इरास्मसले कप्तानी गर्न छन्। आजको खेलपछि यो शृङ्खलाको अन्तिम खेल नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्दैछ।



