२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज

आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

images

  • २०८० फागुन ५, शनिबार
  • 961
    SHARES
  • आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

    काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै छ। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्याण्ड्सबिचको खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ।

    नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपाल र नेदरल्यान्ड्सबीच ओडिआईमा ३/३ ओडिआई खेल भएका छन् जसमा नेपाल एक खेलमा जित तथा २ खेलमा हारेको थियो। २०१८ मा नेपाल पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोस्रो खेलमा एक रनले विजयी भएको थियो भने गत जुनमा नेपाल ७ विकेटले पराजित भएको थियो।

    नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोम पाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल रहेका छन्। 

    यस्तै, नेदरल्यान्ड्स टोलीमा म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास रहेका छन्।  

    लिग-२ खेल्ने टिमहरू क्यानडा, नामिबिया, नेपाल, नेदरल्याण्ड्स,ओमान, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स,संयुक्त राज्य अमेरिका रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ