२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
ललिता निवास जग्गा प्रकरण

ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौलियासहित १२ जना दोषी ठहर, ७५ लाख जरिवानासहित २ वर्ष कैद

images

  • २०८० फागुन ३, बिहीबार
  • 991
    SHARES
  • ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौलियासहित १२ जना दोषी ठहर, ७५ लाख जरिवानासहित २ वर्ष कैद

    काठमाडौँ : विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौलियासहित १२ जनालाई दोषी ठहर गरेको छ।  विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो।

    दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने तत्कालीन सचिव दीप बस्न्यात र छविराज पन्तसँगै रामकुमार सुवेदी, शोभाकान्त ढकाल, तत्कालीन मालपोत अधिकृतहरू कला जर देउजा र सुरेन्द्रमान कपालीसहित १२ जनालाई दोषी ठहर गरेको हो।

    विशेष अदालतले ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने १२ जनालाई दोषी ठहर गरेको हो । त्यस्तै राजीनामा वा बकस पत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ। दोषी ठहर भएकाहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । सो जग्गा अब जफत हुने फैसला पनि अदालतले सुनाएको छ।

    ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरूको जमिन जफत हुने भएको छ। विशेष अदालतले ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। उनका अनुसार, जग्गा जफत भए पनि उनीहरूमाथि अन्य कुनै सजाय र जरिवाना हुने छैन।

    विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरूलाई भने सफाइ दिइएको छ। तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठलाई हदालतले सफाइ दिएको हो।अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

    ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्व मन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली काँग्रेसका उपसभापति समेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनी मुख्य प्रतिवादी बनाएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ