काठमाडौँ महानगरपालिकाले आज सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकको निर्णयअनुसार काठमाडौं महानगरभित्रका तार व्यवस्थित गर्न लागिएको हो।
दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको छ।
सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरले वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षमा छलफल गर्दै बैठकले, पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर,असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ।
तार व्यवस्थापन गर्ने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना



