२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कोहली र केएलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

images

  • २०८० भदौ २५, सोमबार
  • 1.8K
    SHARES
  • कोहली र केएलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

    भदौ २५,काठमाडौं :विराट कोहली र लोकेश राहुलको सानदार शतकमा भारत एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको छ।

    यो ओडीआईमा पाकिस्तानविरुद्धको ३५६/२ रनमा भारतीय टोलीको उच्चतम स्कोर हो, यस भन्दा पहिले ३५६/९ थियो।

    श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो।

    त्यसक्रममा कोहलीको यो ४७ औं एकदिवसीय शतक र १३ हजार रन पनि पूरा भएको छ। कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो। पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए।

    आइतबार श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो। 

    बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिएका थिए।

    पाकिस्तानलाई हराउदै भारत सुपर फोरको सानदार सुरुआत गर्न चाहन्छ। उता, पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ। लगातार दोस्रो जित सहित पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ। 

    सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन्। चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ