काठमाडौं : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । आज दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१४ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा रहेको मछिन्द्र आज छैटौं जित निकाल्न योजनामा छ , र १४ खेलमा १९ अंक जोडेर नवौं स्थानमा रहेको एपीएफ भने छैटौं जितको खोजीमा रहेको छ।
अर्को तिर एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेनै संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा रहेको संकटा आज पाँचौं जित निकाल्ने योजनामा हुने छ । र १४ खेलमा २० अंक जोडेको आर्मी छैटौं जितको खोजीमा रहेको छ।



