२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

images

  • २०८० भदौ २४, आइतबार
  • 971
    SHARES
  • एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

    भदौ २४, काठमाडौं : १६औं संस्करण एसिया कप क्रिकेटको सुपर फोरमा आज आइतबार भारत र पाकिस्तान भिड्दैछन्। संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा शुरु हुनेछ।

    आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ। सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो। पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो भने भारतले पहिलो सुपर फोरको खेल खेल्न लागेको हो।

    सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन्। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्। हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ। 

    भारतविरूद्धका लागि पाकिस्तानले शनिबार नै टिम घोषणा गरिसकेको छ भने भारतले टिम घोषणा गरिसकेको छैन।

    पाकिस्तानको प्लेईङ-११

    बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, फहिम असरफ, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ