२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

images

  • २०८० भदौ २४, आइतबार
  • 821
    SHARES
  • मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

    भदौ २४, काठमाडौं : मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ। भूकम्पमा परेका १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन्।

    शुक्रबार राति मोरक्कोको ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र बिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो। पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

    भूकम्पबाट ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसमा हजारौँ मानिस लामबद्ध भएका छन्। साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ। घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन्।

    उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन्। भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ