काठमाडौँ : नेपाल र क्यानडाबिचको तेस्रो तथा अन्तिम एकदिवसीय सिरिज आज हुँदैछ। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबिचको खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ।
यसअघि शनिवार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो। पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो।
दुई खेलमा जित हात पारेसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेल अगावै जितिसकेको छ। आज नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ।