२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैङ्किङ कसुरमा एक जना पक्राउ, ३ वर्ष कैद र ९ करोड बढी जरिवाना

images

  • २०८० माघ २८, आइतबार
  • 906
    SHARES
  • बैङ्किङ कसुरमा एक जना पक्राउ, ३ वर्ष कैद र ९ करोड बढी जरिवाना

    काठमाडौँ  : नेपाल प्रहरीले बैङ्किङ कसुर मुद्दामा रु ९ करोड ७ लाख ६ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैङ्किङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलान्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

    ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैङ्किङ कसुर मुद्दामा ३ वर्ष कैद सजाय र रु ९ करोड ७ लाख ६ हजार ३७८ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो। “थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो।

    प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’ फर्जी कम्पनीका कागजात बनाएर कर्जा लिएको खुलेको हो। उक्त मुद्दामा विसं २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना सुनाएको थियो। थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ