२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य

images

  • २०८० भदौ १३, बुधबार
  • 991
    SHARES
  • पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य

    भदौ १३,काठमाडौं  : एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य दिएकाे छ। कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई विशाल लक्ष्य दिएकाे छ।

    मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे। पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए। बाबरले १ सय ५१ रन र इफ्तिखर अहमदले नटआउट १०९ रन बनाए ।

    यस्तै, माेहम्मद रिजवान ४४ रन  र फकर जमानले १४ रनको योगदान दिएका थिए। बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो।

    नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए।

    समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ। त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ