२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बरामद सुनको शुद्धता ९९.९ प्रतिशत

images

  • २०८० भदौ ४, सोमबार
  • 1.1K
    SHARES
  • बरामद सुनको शुद्धता ९९.९ प्रतिशत

    भदौ ४,काठमाडौं : तस्करले हङकङबाट मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत भएको परीक्षणबाट पत्ता लागेको छ।

    हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी  दिनु भयो।

    उहाँले उक्त सुन ९९.९ प्रतिशत नै शुद्ध रहेको भनेर राजस्व अनुसन्धान विभागलाई जानकारी गराइएको बताउनु भयो। “९९.९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध  भएको उहाँको भनाई छ। 

    टक्सार महाशाखाले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको उहाँले बताउनु भयो। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी पाएको बताउनु भयो। प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ।

    बरामद सुन गएको साउन ३० गते गालेर बिस्कुट बनाई जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो। त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक सुबाट सुन छुट्ट्याइएको थियो। त्यसरी छुट्ट्याइएको सुन ६० किलो ७८९ ग्राम तौलको थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो।

    राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट सुनसहितको १५५ किलो ब्रेक सु बरामद गरेको थियो। सुन तस्करीका विषयमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले अनुसन्धान गरिरहेको छ। रासस

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ