२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धादिङमा बस दुर्घटना

images

  • २०८० भदौ २, शनिबार
  • 1.4K
    SHARES
  • धादिङमा बस दुर्घटना

    भदौ २, काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत आज बिहान धादिङमा  बस दुर्घटना भएको छ। धादिङको रोराङ गाउँपालिका वडा नं ९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

    दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रु वाहक बस आफैं अनियन्त्रित भएर सडकमै पल्टिँदा बसमा सवार २६ जना घाइते भएका हुन्। घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सिकिस्त रहेको छ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था सिकिस्त रहेको छ। दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ