२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भोलिदेखि फेरि ठूलो वर्षा, नदीको जलसहत बढ्ने, सतर्क रहन सुझाव

images

  • २०८० साउन २६, शुक्रबार
  • 1.2K
    SHARES
  • भोलिदेखि फेरि ठूलो वर्षा, नदीको जलसहत बढ्ने,  सतर्क रहन सुझाव

    साउन २६,काठमाडौं: केही दिन निस्क्रियजस्तो रहेको मनसुन शनिबारदेखि सक्रिय हुने भएको छ। शनिबार बेलुकीपछि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनु भएको छ। 

    भारत बिहारको उत्तर पश्चिम क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले मनसुन सक्रिय हुन लागेको महाशाखाले जनाएको छ। शनिबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको उच्च जोखिम हुने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

    जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी शनिबारदेखि देशका अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। यस्तै, आइतबार बागमती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई, भेरी र महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ