२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सभामुख र राष्ट्रिय सभा अध्यक्षले गरे राष्ट्रपतिसंग भेटवार्ता

images

  • २०८० साउन २६, शुक्रबार
  • 1.2K
    SHARES
  • सभामुख  र राष्ट्रिय सभा अध्यक्षले गरे  राष्ट्रपतिसंग भेटवार्ता

     साउन २६, काठमाडौं :सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

    शुक्रबार बिहान सभामुख र राष्ट्रिय सभा अध्यक्षले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको जानकारी दिए।

    ‘आज बिहान १० बजेदेखि आधा घन्टा उहाँहरूबीच भेटवार्ता भएको हो,’ उनले भने, ‘संसदमा जारी अवरोधबारे छलफल भएको छ।’प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।

    राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारीसमेत लिएका छन्। साथै सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षले अपेक्षा राखेका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ