२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुवेतमा दुई नेपाली महिला कामदारको मृत्यु

images

  • २०८० साउन २५, बिहीबार
  • 696
    SHARES
  • कुवेतमा दुई नेपाली महिला कामदारको मृत्यु

    साउन २५ ,काठमाडौं : रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ। घरेलु कामदारको रुपमा कुवेत पुगेका मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङ र चितवन भरतपुरका दिलकुमारी तामाङको मृत्यु भएको हो।

    त्यहाँको आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ। मालिकको घरबाट भागेर गैरकानुनी रुपमा काम गर्दै आएका उनीहरु बिरामी भएर करिव एक महिनादेखि आदान अस्पताल पुगेका थिए।


    उनीहरूको उपचारको क्रममा मृत्‍यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलानले जानकारी दिनु भयो।  मृतक मायादेवी ७ महिनासम्म मृतकको साथमा केही कागज पत्र नभएको, कसले र कसरी अस्पतालसम्म पुर्‍याइदिएको भन्ने केही खुल्न सकेको छैन्।  

    चितवनकी दिलकुमारीको भने मृत्युको कारण अझै खुल्न नसकेको बताईएको छ । मृतकहरूको बारेमा त्यहाँस्थित नेपाली दूतावासले भने जानकारी आई नसकेको जनाएको छ। जानकारी आउने बित्तिकै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकका शव नेपाल पठाइने जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ