काठमाडौं :नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी लाई प्रहरीले प्रक्राउ गरेको छ । रायमाझीलाई बिहिवार विहान भैरहवाबाट पक्राउ गरेको हो ।
उहाँलाई भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोप छ ।उहाँको छोरा सन्दीप रायमाझी (बुधबार)साँझ नै बुटवलबाट पक्राउ परेका छन् । बुधबार नै रायमाझी बाबुछोरालाई पक्राउ पुर्जी जारी गरिएको थियो ।



