२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री प्रचण्डले बुद्धमार्गी नीति लिनुपर्छ: मन्त्री किराती

images

सत्कार खबर
  • २०८० वैशाख २०, बुधबार
  • 601
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले बुद्धमार्गी नीति लिनुपर्छ: मन्त्री किराती

     काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले बुद्धमार्गी नीति लिनुपर्ने बताउनुभएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    देशका जल्दो–बल्दो समस्या सम्हाल्न प्रधानमन्त्री दाहालको अग्रसरताको खाचो भएको उहाँले बताउनुभयो । अर्थतन्त्रमा देखिएको संकट र शान्ति प्रक्रियाको टुंगो लगायतका विषयमा प्रधानमन्त्री दाहालको पहलकदमी आवश्यक रहेको उहाँले बताउनु भयो ।

    देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय नजर र सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प नभएको उहाँको भनाई छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ