काठमाडौँ : एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ।
कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले कुल ८.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हालको चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
कम्पनीले साधारण सभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन। नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।