२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एभरेष्ट बैङ्कको मुनाफा ७.८८ प्रतिशतले बढ्यो, ईपीएसमा सुधार

images

  • २०८० माघ ७, आइतबार
  • 1.2K
    SHARES
  • एभरेष्ट  बैङ्कको मुनाफा ७.८८  प्रतिशतले बढ्यो, ईपीएसमा सुधार

    काठमाडौँ : एभरेष्ट बैङ्कले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैङ्कको यस अवधिमा खुद ब्याज आम्दानी ७.८८ प्रतिशत बढेको छ। बैङ्कले यस आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिसम्म बैङ्कले १ अर्ब ५८ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 


    बैङ्कको यस अवधिमा खुद ब्याज आम्दानी भने १.७५ प्रतिशत घटेको छ। यस वर्षको सोही अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ३ अर्ब ६२ करोड रुपैयाँ गरेको छ भने गत वर्षको सोही अवधिमा बैङ्कले३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा बैङ्कको खराब कर्जा (एनपीएल) ०.२२ प्रतिशत बढेर ०.७७ प्रतिशत पुगेको छ। 


    दोस्रो त्रैमास सम्म बैङ्कको नेट फि तथा कमिसन आम्दानी ४१.४० प्रतिशत बढेर १० करोड ५१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.८३ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफा ३९.२१ प्रतिशत घटेर १४ करोड ५२ लाख रुपैयाँ रहको छ।


    बैङ्कले २ खर्ब १३ अर्ब रुपैयाँ  निक्षेप सङ्कलन गरेर र १ खर्ब ६८ अर्ब  रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैङ्कले १ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेको थियो। इम्पेयरमेन्ट चार्जका रूपमा  ४३ करोड २३ लाख रुपैयाँ  छुटाएको छ। अघिल्लो वर्ष यही अवधि सम्म ३६ करोड ६६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुटाएको थियो। चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको बैङ्कको रिजर्भको आकार १०.६८ प्रतिशतले बढेर ११ अर्ब ४२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ३२ करोड रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको बैङ्कको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २९.१२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २१.४५ रुपैयाँ थियो। पिई रेसियो १८ गुणा रहेको बैङ्कको प्रतिशेयर नेटवर्थ २१९.५७ रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ