२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
हरेक महिना खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

पछिल्ला ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रेमिट्यान्स नेपाल भित्रियो

images

  • २०८० पुस २७, शुक्रबार
  • 976
    SHARES
  • पछिल्ला ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रेमिट्यान्स नेपाल भित्रियो

    काठमाडौँ :  चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) स्वदेश भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ४ हजार ३७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३६ हजार ७  सय ७९ र १ लाख १५ हजार ९ सय ४८ थियो। 

    समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ