२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्छ : गुरुङ

images

सत्कार खबर
  • २०८० असार ३, आइतबार
  • 816
    SHARES
  • सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्छ : गुरुङ

    काठमाडौं :नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

    आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दवाव दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    उपमहासचिव गुरुङले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दवाव सिर्जना हुने बताउनुभयो । उहाँले सांसदहरुले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरु लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताउनुभयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ