काठमाडौं:आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।
कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भएका हुन्। ९५ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउनबाट १ रनले चुके ।
पहिलो विकेटका लागि कुशल र आसिफले ३१ ओभर ५ बलमा १ सय ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो ।विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ।



