काठमाडौं:- प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीपहिरोका घटनामा खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिनु भएको छ ।
आज बिहान समाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायलगायतलाई निर्देशन दिनु भएाके हो ।
‘बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’ प्रचण्डले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।



