२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

images

सत्कार खबर
  • २०८० असार १, शुक्रबार
  • 951
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

     काठमाडौं :- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका छन् । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई ६ महिना निलम्बन गरिएको बताइएको छ ।

    प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

    नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले जेठ १९ गते महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।  महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ