काठमाडौं :-हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नु भएको हो ।
यसअघि संसदीय सुनुवाइ समितिले उहाँको नामलाई सर्वसम्मत अनुमोदन गरेको हो । उहाँको आजै ५ बजे सपथ ग्रहण गर्ने तय भएको छ भने, आजै पदभार ग्रहण गर्नुहुनेछ । शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो।



