काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले स्वीकृत गरेको छ। सुनुवाइ समिति सदस्य महेश बर्तौलाले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन भएको बताउनु भयो।
संसदीय सुनुवाइ समितिमा बिहीबार कार्ययोजना प्रस्तुत गरेका कार्कीसँग आज सवाल जवाफ भएको थियो। त्यसपछि समितिले कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। राष्ट्रपतिले अनुमोदन गरे कार्की प्रधानन्यायाधीश हुनेछन्।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।



