२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साफ च्याम्पियनसिप : नेपाल र फिलिपिन्स खेल्दै

images

सत्कार खबर
  • २०८० जेठ ३२, बिहीबार
  • 621
    SHARES
  • साफ च्याम्पियनसिप :  नेपाल र फिलिपिन्स खेल्दै

     काठमाडौं :साफ च्याम्पियनसिप फुटबल अघि अभ्यास खेलका क्रममा नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल  खेल्ने भएको छ ।

     नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलास्थित रिजल मेमोरियल स्टेडियममा मैत्रीपूर्ण खेल सुरु हनेछ । नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघिका छ खेलमा नेपालले एक खेल जितेको छ भने एउटामा बराबरी गरेको छ ।

    चार वटा खेलमा भने नेपाल पराजित भएको थियो । चौधौं साफ गेम आगामी असार ६ गतेदेखि भारतको बैंगलुरुमा सुरु हुदैछ । बिहीबार फिलिपिन्ससँग खेलेपछि नेपाली टोली उताबाटै बैंगलुरु जाने कार्यक्रम छ ।

    साफ गेमको समूह तालिका अन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा भारत, पाकिस्तान र कुवेत रहेका छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ