२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साढे ५४ लाखको सुनसहित एक युवक पक्राउ

images

सत्कार खबर
  • २०८० जेठ ३१, बुधबार
  • 691
    SHARES
  • साढे ५४ लाखको सुनसहित एक युवक पक्राउ

     काठमाडौं :मकवानपुर–१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंबाट जाँदै गरेको प्रदेश २–०३–००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनु भयो । 

    जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताउनु भयो । 

    डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ