२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

images

सत्कार खबर
  • २०८० जेठ ३०, मंगलबार
  • 1.3K
    SHARES
  • मुटुमा समस्या देखिएपछि  राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं :-राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ । मुटुमा समस्या देखिएपछि उहाँलाई मंगलबार बिहान ७ बजे बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।

    उहाँलाइृ बिहान ११ बजे भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ। अहिले राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ।

    उहाँलाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिनु भयो । गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले यस विषयमा आफू नबोल्ने भन्दै राष्ट्रपतिको सचिवालयमा बुझ्न आग्रह गर्नु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ