काठमाडौं:-उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले लामो आन्दोलनबाट लोकतन्त्र स्थापना गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको बताउनु भएको छ । तर राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको उहाँको भनाई छ ।
राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने उहाँको सुझाव छ ।
गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको भन्दै विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृति रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो ।



