२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सगरमाथा क्षेत्र सुनसान बन्दै

images

सत्कार खबर
  • २०८० जेठ २८, आइतबार
  • 621
    SHARES
  • सगरमाथा क्षेत्र सुनसान बन्दै

    काठमाडौं:केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र सिजन सकिएसँगै अहिले सुनसान बनेको छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको हो ।

    विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने ठाउँ सुनसान भएका छन् ।खुम्बुमा वर्षको दुई पटक फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिने गर्दछन् । यस्तै, सिजन सकिएसँगै लुक्ला विमानस्थलमा पनि यात्रुको चाप कम छ ।

    पर्यटकको आवागमन घटेसँगै विमानस्थलमा चाप कम भएको हो । यो विमानस्थल अति जोखिममध्ये विश्वकै १०औँ नम्बरमा पर्छ । खुम्बु क्षेत्र ओहोरदोहोर गर्ने तथा विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमालआरोहण गर्ने यात्रुले यही विमानस्थको प्रयोग गर्ने गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ