२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कोभिडको जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

images

  • २०८० पुस १८, बुधबार
  • 631
    SHARES
  • कोभिडको जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

    काठमाडौँ : कोभिडको नयाँ सब भेरियन्टको जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हाल विश्वका केही देशहरूमा कोभिड -१९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जे एन. १ को जोखिम बढी रहेको र छिमेकी देशहरूमा पनि सङ्क्रमण फैलिरहेकाले उल्लेख गर्दै मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको हो।

    पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ भेरियन्ट जे एन. १ जिन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ। कोभिड-१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरू मार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड १९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ। 

     
    हालसम्म पुष्टि नभए पनि सङ्क्रमण फैलिने जोखिम व्याप्त रहेको हुँदा भिडभाड हुने स्थानहरू जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरू जस्तै मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न र हातको सर सफाईमा विशेषतः ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ