२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तत्कालिन प्रधानमन्त्री ओलीले दुई वर्ष अघि उद्घाटन गरिएको धरहराको काम अझै सकिएन 

images

  • २०८० जेठ २६, शुक्रबार
  • 981
    SHARES
  • तत्कालिन प्रधानमन्त्री ओलीले दुई वर्ष अघि उद्घाटन गरिएको धरहराको काम अझै सकिएन 

     काठमाडौं :विकास निर्माणका पूर्वाधारहरु सम्पन्न गर्नुभन्दा त्यसको जस लिन बढि मरिहत्ते गर्ने नेपाली राजनीतिज्ञको सस्कार नै बनिसकेको छ । त्यस्तै परिस्थीतिबाट धरहराको नव निर्माण पनि गुज्रियो ।

    निर्माणसम्पन्न नहुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष पहिले नै उद्घाटन गर्नु भएको थियो । तर, अझै पनि निर्माणको बाँकी कार्य सम्पन्न गर्न ढिलासुस्ती भइरहेको छ मेरो धरहरा मै बनाउँछु अभियानबाट सुरु गरिएको धरहराको पुन निर्माण कार्य सम्पन्न नहुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्नु भएको थियो ।

    भूकम्प गएको बैशाख १२ को पूवसन्या समेत पारेर गरिएको धरहराको उद्घाटन दुई वर्ष  पुरापुर वितिसक्दा समेत निर्माण कार्य अझै सम्पन्न भएको छैन । धरहरा ठडिए पनि यसका आधार क्षेत्रमा निर्माण हुनु पर्ने थुप्रै संरचना र धरहराभित्रका आकर्षणका कामहरु पनि गर्न बाँकी नै छ । भुइँतलामुनि तीन तला पार्किङक बनाइएको छ ।

    पछिल्लो समय थप भएको म्याद थप्दै पनि निर्माण कार्य तत्काल सकिने अवस्था छैन । अहिले तत्कालिन प्रधानमन्त्री ओलीले उद्घाटन गर्दा आफ्नो नामसहित  शिलालेख थियो । जुन धरहरामा टासिएको थियो तर, उक्त शिलालेख अहिले छैन् ।

    तत्कालिन  प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्ने डरले धरहरा निर्माणको जस लिन हतारमा उद्घाटनको रहर गरेको भन्दै कतिपयले आलोचना गरेका थिए  अहिले पनि सर्वसाधरण धरहरा निर्माण कार्यले गति नलिएकोमा चिन्ता व्यक्त गर्छन् । ७ वर्षअघिको भूकम्पमा पूर्णरूपमा क्षति भएपछि धरहराको पुननिर्माण गरिएको हो । धरहरा काठमाडौँको सुन्दरता हो । तर, यो सुन्दरता काठमाडौंले कहिले पाउने हो पत्तो छैन । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ