२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्छ : गगन थापा

images

सत्कार खबर
  • २०८० जेठ २५, बिहीबार
  • 1.2K
    SHARES
  • लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्छ : गगन थापा

    काठमाडौं :-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने  बताउनु भएको छ ।आज (बिहीबार) विराटनगर विमानस्थल पत्रकारहरुसँग  कुरा गर्दै थापाले यस्तो  बताउनु भएको हो ।

    उहाँले भन्नुभयो, ‘हाम्रो भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न सक्दैन् । हामी खोस्न पनि दिँदैनौं ।’ महामन्त्री थापाले भारतले आफ्नो  सांस्कृतिक नक्सा जारी गरेर नेपाल समेट्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने बताउनु भयो ।

    उहाँले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने बताउनु भएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ