२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल र स्कटल्याण्डबीचको अभ्यास खेल आज

images

सत्कार खबर
  • २०८० जेठ २५, बिहीबार
  • 801
    SHARES
  • नेपाल र स्कटल्याण्डबीचको अभ्यास खेल आज

     काठमाडौं :-नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग  खेल्ने भएको छ । विश्वकप  छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्ने भएको हो । 

    सो खेल मध्यान्ह्र दक्षिण अफ्रिकामा दिउँसो पौने १ बजेबाट सुरु हुनेछ। यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो।

    आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेको हो। नेपालको टोली कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ