२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कालिकोटमा जीप दुर्घटना ,२ जनाको मृत्यु

images

सत्कार खबर
  • २०८० जेठ २५, बिहीबार
  • 636
    SHARES
  • कालिकोटमा जीप दुर्घटना ,२ जनाको मृत्यु

    काठमाडौं  :कालिकोटको रास्कोट नगरपालिका शेरा बजारमा बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै शेरा बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि एक जना घाईते भएका छन् ।

    बोलेरो जिप ३ सय मिटर तल खसेर क्षतिग्रस्त भएपछि गाडीमा सवार रास्कोट १ लहरेलाका ४३ वर्षीय मन बहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मन कुमारी शाहीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    दुर्घटनामा ३० वर्षीया रिता शाही गम्भिर घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ