२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिम पहिरोमा बेपत्ता ३ जनाको शव ३२ दिनपछि भेटियो

images

सत्कार खबर
  • २०८० जेठ २४, बुधबार
  • 1.3K
    SHARES
  • हिम पहिरोमा बेपत्ता  ३ जनाको शव ३२ दिनपछि भेटियो

    काठमाडौं :मुगुमा हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन् । मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की,३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    प्रहरीका अनुसार मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।

    शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाएर दाहसंस्कार गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ