२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नक्शाबारे भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको छु : प्रचण्ड

images

सत्कार खबर
  • २०८० जेठ २४, बुधबार
  • 1.5K
    SHARES
  • नक्शाबारे भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको छु : प्रचण्ड

     काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको भूमिसमेत सामेल गरिएको नक्शाबारे  आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको  स्पष्टिकरण दिनु भएको छ ।

    बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो स्पष्टिकरण दिनु भएको हो । उहाँले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनु भएको छ ।

    प्रधानमन्त्री दाहालले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताउनुभयो ।

    उहाँले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासन समेत दिनु भयो । प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्शा भएको कुरा पनि भारतीय पक्षले राखेको बताउनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ