२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्रीको भारत भ्रमण फितलो : अध्यक्ष ओली

images

  • २०८० जेठ २२, सोमबार
  • 1.4K
    SHARES
  • प्रधानमन्त्रीको भारत भ्रमण फितलो : अध्यक्ष ओली

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको  बताउनु भएको छ । 

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी बलियो प्रमाण रहेको बताउदै नेपालको जमिन साट्ने कुरा कानुन संविधान विपरीत रहेको र भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने बताउनु भयो । 

    प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको बताउनु भयो ।

    ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको समेत  बताउनु भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ