काठमाडौँ : प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएको बैठक आज पुन बस्न लागेको हो। आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै नेकपा एमाले, रास्वपा र राप्रपाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध भएको थियो।
विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए। त्यसपछि पनि प्रतिपक्षी दलहरूसँग सहमति कायम हुन नसकेपछि सोमबार बिहान ११ बजेलाई तय गरिएको थियो।
यसैगरी राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ। विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए।



