काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताउनु भएको छ । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताउनु भयो ।
नयाँ दिल्लीमा आज केही पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भन्नु भयो, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो ! नत्र कुरा बिग्रेला जस्तो थियो। धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’
उहाँले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण भएको बताउनु भयो । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’उहाँले भन्नु भयो ।



