२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ग्लोबल आइएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

images

  • २०८० पुस १४, शनिबार
  • 1.3K
    SHARES
  • ग्लोबल आइएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

    काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

    बैङ्कले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई यही पौष १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैङ्कको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २०,००० रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ।

    यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैङ्कका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एस.एम. यसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

    यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ। आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरू अनुसार मुलुककै सबैभन्दा ठुलो बैङ्क वाणिज्य बैङ्क हो। देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैङ्कमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैङ्कले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ