२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाली क्रिकेट टोली आज दक्षिण अफ्रिका जाँदै

images

सत्कार खबर
  • २०८० जेठ १६, मंगलबार
  • 1.5K
    SHARES
  • नेपाली क्रिकेट टोली आज दक्षिण अफ्रिका जाँदै

    काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाँदै छ । आगामी असार ३ गतेदेखि जिम्बाब्वेमा दश राष्ट्र सहभागी छनोट खेलका लागि नेपाली टोली आज अभ्यास खेलका लागि दक्षिण अफ्रिका जान लागेको हो ।

     नेपालले त्यहाँ स्कटल्यान्ड र  नेदरल्यान्ड्ससहित ४ अभ्यास खेलपछि जिम्बाब्वे जाने तालिका रहेको छ । नेपाली टोली आज साँझ दक्षिण अफ्रिका जाने तालिका रहेको क्यानले जनाएको छ ।

    नेपालले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ । विश्व क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपाल सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ । यस्तै घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भएको हो ।

    नेपाली टोलीका कप्तान रोहित पौडेलले टेस्ट राष्ट्रहरुसँग खेल्न पाउने हुँदा टिम उत्साहित रहेको बताएका छन् । नेपाल रहेको समूह–ए मा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्डस् छन् । समूह–बी मा आयरल्यान्ड, श्रीलङका, युएई, ओमान र स्कटल्यान्ड छन् ।

    समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ