काठमाडौँ : सातौँ बागलुङ महोत्सवको अवसरमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका हुन्। उक्त महोत्सव अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिइओ शेरचनलाई सम्मान गर्नु भएको थियो।
बैङ्किङ क्षेत्रमार्फत बागलुङ जिल्लालाई चिनाउन सफल भएको भन्दै उक्त महोत्सवमा शेरचनलाई सम्मान गरेको थियो। शेरचन नेतृत्वको प्रभु बैङ्कले हालै बैङ्क अफ द इयर अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको थियो।
बागलुङ महोत्सवको सुरुदेखि हालसम्मका महोत्सव सञ्चालन गर्ने पूर्व अध्यक्षहरूलाई पनि सङ्घले सम्मान गरेको छ। महोत्सव सुरुआत गर्ने सहदेव राज भण्डारी, पूर्व अध्यक्षहरू ध्रुवराज गौतम, वसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राज भण्डारीलाई पनि सम्मान गरिएको हो।