२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ

images

सत्कार खबर
  • २०८० जेठ १५, सोमबार
  • 1.4K
    SHARES
  • सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ

    काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सभामुख देवराज घिमिरेले उहाँलाई शपथ गराउनु भएको हो ।

    यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा पर्नु भएको थियो । त्यसपछि रास्वपाले उहाँलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।

    रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिनु भएको थियो । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ